आँबूखैरेनी नगरपालिकाको संक्षित परिचय

यस आँबूखैरेनी नगरपालिका नेपालको गण्डकी अञ्चल तनहुँ जिल्लामा अवस्थित रहेको छ । पुर्वमा चितवन जिल्लाको दारेचोक गा.वि.स. पश्चिममा वन्दिपुर नगरपालिका उत्तरमा गोरखा जिल्लाको देउराली गा.वि.स र दक्षिणमा छिम्केश्वरी गा.वि.स.को विचमा पर्ने नगरपालिकाको क्षेत्रफल ६७.३ वर्ग कि.मी. र मिति २०६८ सालको जनगणना अनसार यहाँको जनसंख्या १६३८२ रहेको पाइन्छ ।

साविक आँबूखैरेनी गाँउ विकास समिति रहेकोमा नेपाल सरकार मन्त्री परिषद्को मिति २०७२।६।१ को निर्णयानुसार नगपालिका घोषण भई कार्यान्वयनमा आएको छ । मस्र्याङ्दी नदिको किनारमा पर्ने यस नगरपालिका भित्र आँधीमुल, अकला मन्दिर शिवालय मन्दिर आँबूखैरेनी, ऐनापहरा लगायतका पर्यटकिय स्थलहरु साथै मगर, गुरुङ लगायत अन्य विभिन्न जातजातिको बसोवास तथा कौरा नाच, झ्याउरे नाच जस्ता विभिन्न संस्कृतीले भरिपुर्ण रहेको छ । पृथ्वी राजमार्ग र गोरखा राजमार्ग यसै नगरपालिका हुँदै जाने भएकोले विशेष गरी सो राजमार्ग क्षेत्रमा उद्योग तथा व्यापार व्यवसायको विकास हुँदै गएको पाइन्छ । यस नगरपालिका क्षेत्रका मानिसहरुले व्यापार व्यवसायका साथै जागिर, कृषि र बैदेशिक रोजगारी आदि पेशा अपनाएको पाइन्छ ।

९ वडाहरु रहेको यस नगरपालिकामा एक क्याम्पस तिन वटा माध्यामिक, चार आधारभुत तह र बाह्र प्राथमिक विद्यालयहरु सरकारी एवं सामुदायिक स्तरबाट संचालन भएका छन् भने निजी स्तरबाट समेत विद्यालयहरु संचालनमा रहेका छन् । स्वास्थयतर्फ आँबूखैरेनी स्वास्थ्य चौकी तथा अन्य निजी अस्पतालहरु साथै पशु स्वास्थ्यतर्फ पशु सेवा केन्द्र तथा अन्य निजी भेटनरीहरु संचालनमा रहेका छन् । यसका साथसाथै यस नगरपालिका भित्र इलाका प्रहरी कार्यालय आँबूखैरेनी, इलाका बन कार्यालय आँबूखैरेनी, कालिभञ्जाङ गण, रामवाण गुल्म, इलाका हुलाक कार्यालय, मस्र्याङ्दी जलविद्युत केन्द्र, नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय आँबखैरेनी, नेपाल टेलिकम आँबूखैरेनी लगायतका कार्यालयहरु संचालनमा रहेका छन् । यस नगरपालिका क्षेत्रमा तनहुँ उद्योग वाणिज्य संघ आँबूखैरेनी तथा सत्रसय बजार इकाइ साथै लायन्स तथा लियो क्लव अफ आँबूखैरेनी, अल स्टार क्लव, मित्रता युवा क्लव, पुलजिप युवा क्लव लगायतका विभिन्न संघसंस्थाहरु समेत क्रियाशिल रहको पाइन्छ । नगरपालिका क्षेत्रमा विभिन्न टोल सुधार समिति तथा आमा समुहहरुले यस क्षेत्रको सामुदायिक विकासमा महत्वपुर्ण भुमिका खेलेको पाइन्छ ।

कार्यालय भवन र कर्मचारीहरुको अवस्था
यस आँबूखैरेनी नगरपालिका कार्यालयको कार्यालय आँबूखैरेनी नगरपाकिा वडा नम्बर ६ स्थित मिलन चोकमा रहेको छ । साविक गाँउ विकास समितिको कार्यालयलाई नै नगरपालिका कार्यालयको रुपमा संचालन गर्नुपरेको हुँदा कार्यालय संचालनमा केही कठिनाई महशुस भएकोले सोही स्थानमा श्री इश्वर श्रेष्ठको घरको पहिलो तला भाडामा लिएर कार्यालय संचालन गरिएको छ । कार्यालय भवन निर्माणका लागि कार्यस्थल तथा रकमको समेत विनियोजन भइ सकेकोले शिघ्र कार्यालय भवन निर्माण गर्ने कार्य अगाडि बढाइदै छ ।

यस आँबखैरेनी नगरपालिकामा राजपत्राङ्कित तृतिय श्रेणीका कार्यकारी अधिकृत समेत कुल २३ जनाको दरवन्दि रहेकोमा हाल कार्यकारी अधिकृतका साथै निजामति सेवा, स्थानिय श्वायत्त शासन ऐन बमोजिम नियुक्त कर्मचारी तथा करारमा नियुक्त कर्मचारीहरु समेत जम्मा १२ कर्मचारीहरु कार्यरत रहको अवस्था छ । वातावरण मैत्री कार्यक्रम अन्तरगत एक जना इन्जिनियर तथा एक जना सामाजिक परिचालक समेत कार्यन्वयनमा रहेको पाइन्छ । दरवन्दि भन्दा कम तथा न्युन कर्मचारी संख्याका वावजुत पनि नगरपालिका कार्यालयबाट प्रदान हुने सेवा सुविधा तथा अन्य कार्यहरुलाई छिटो, छरितो साथै प्रभावकारी बनाउने कोशिस जारि रहेको छ ।

नगरपालिकामा रहेका विभिन्न शाखा तथा फाँटहरु
१. प्रशासन तथा सिफारिस शाखा
२. पंजिकरण तथा नागरिकता सिफारिस शाखा
३. योजना तथा प्राविधिक शाखा
४. आर्थिक प्रशासन शाखा
५. राजश्व शाखा
सेवा प्रवाहका लागि गरिएका विषेश व्यवस्थाहरु
१. सहयोग तथा सोधपुछ कक्ष
२. नागरिक वडापत्र
३. सूचना अधिकारीको व्यवस्था
४. उजुरी पेटीका तथा गनासो सुनुवाईको व्यवस्था