FAQs Complain Problems

मर्स्याङ्दी करिडोर अन्तर्गत स्थानीय तहहरुको साझा सवाल एवं एकिकृत विकासको समन्वयात्मक बैठक

Body: 

मिति २०७५ चैत्र २१ गतेको दिन आँबुखैरेनी गाउँपालिका द्वारा आयोजीत मर्स्याङ्दी करिडोर अन्तर्गत स्थानीय तहहरुको साझा सवाल एवं एकिकृत विकासको समन्वयात्मक बैठक आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष श्री गिर बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त बैठकमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री माननिय श्री हरि बहादुर चुमान ज्यु, बन्दिपुर गाउँपालिका,भानु नगरपालिका,वेसिशहर नगरपालिका,सुन्दरबजार नगरपालिका,पालुङटार नगरपालिका र राइनस नगरपालिकाका प्रमुख/अध्यक्ष, उप-प्रमुख/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थितिमा मर्स्याङ्दी करिडोर क्षेत्रका स्थानीय तहहरुको आफ्नो क्षेत्र भित्र एकिकृत रुपममा निर्माण, संचालन र व्यवस्थापन गर्न सकिने अस्पताल, क्षेत्रीय रंगशाला, कोल्ड स्टोर,सरसफाई क्षेत्र,आवशिय विद्यालय ,उत्पादन तथा विक्री केन्द्र लगायता विषयहरुमा छलफल भएको छ ।